चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्काशन गर्ने
AdvertisementAds

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको हो।

शनिबार सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारणसभाले उक्त आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ।

साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। साथै, सभाबाट ६ जना सञ्चालक निर्विरोध चयन भएका छन्।

निर्विरोध निर्वाचित हुने सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन्। यसैगरी, सभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स