चन्द्र ढकालको आइएमई ग्रुपले नवलपुरमा खोल्यो इला होटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
चन्द्र ढकालको आइएमई ग्रुपले नवलपुरमा खोल्यो इला होटल

नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा आइएमई ग्रुपको लगानीमा निर्माण गरिएको ‘इला होटल तथा रिसोर्ट’ आज एक औपचारिक कार्यक्रममार्फत सञ्चालनमा आएको छ। मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा अवस्थित यो अत्याधुनिक रिसोर्टले पर्यटकलाई लक्षित गर्दै विभिन्न स्तरीय सुविधा उपलब्ध गराएको छ।

रिसोर्टमा सुइट र डिलक्स गरी ६५ वटा कोठा, एक हजार जनाको क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत सुविधाहरू समावेश छन्।

इला होटल तथा रिसोर्टको पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायतका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स