चन्द्र ढकालको आइएमई ग्रुपले पाथीभरा केबलकार निर्माण कार्य आजबाट सुरु गर्यो



Advertisement
Ads

ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजनाको निर्माण कार्य आजबाट सुरु भएको छ। हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आरम्भ भएको जानकारी दिएका छन्।


Advertisement

यस परियोजनाको निर्माणमा जिल्लाका सबै राजनीतिक दलहरू, सांसद, स्थानीय जनप्रतिनिधिहरू, स्थानीयवासी, सरकारी निकाय र सुरक्षा निकायहरूको सहयोग र समन्वय प्राप्त भएकोले अबको चरण द्रुत गतिमा अघि बढ्ने उनले विश्वास व्यक्त गरेका छन्।


Advertisement

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले परियोजना सम्पन्न भएपछि ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा ठूलो योगदान पुग्ने र समग्र कोशी प्रदेशको समृद्धिको लागि यो परियोजना महत्त्वपूर्ण हुने बताए। उनले केबलकारको निर्माण कार्य द्रुत गतिमा अघि बढाइने बताएका छन्।

पौडेलका अनुसार, आगामी १५ महिनामा केबलकार सञ्चालनमा आएपछि भक्तजनहरूलाई पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ। यसले अशक्त वृद्धवृद्धा र बालबालिकालगायत सबैलाई दर्शनको अवसर प्रदान गर्नेछ। यस परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ।

केबलकार परियोजना सम्पन्न भएपछि पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाखसम्म पुग्ने अपेक्षा गरिएको छ। यसले ताप्लेजुङलाई सुरक्षित, दिगो र विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन र व्यवस्थापन आइएमई ग्रुपले गर्दैछ, जसले डेढ दशक लामो अनुभव सँगालिसकेको छ। चन्द्र ढकालको आइएमई ग्रुपले काठमाडौं बाहिर पहिलो केबलकार चन्द्रागिरि र नवलपरासीका मौलाकाली र बुटवलका लुम्बिनी केबलकार परियोजनाको निर्माण समयभन्दा अघि नै पूरा गरिसकेको छ। अहिले कर्णालीको जालपादेवी केबलकार निर्माण पनि तीव्र गतिमा अघि बढेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर