लगानीकर्ताहरू धेरै लामो समयदेखि आईपीओको पर्खाइमा छन्, तर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अझै स्वीकृति नदिएको कारण आईपीओ निष्काशनमा ढिलाइ भइरहेको छ।अहिले उत्पादन उद्योगका विभिन्न कम्पनीहरूको साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अनुमतिको प्रतीक्षा गरिरहेका छन्। उत्पादन क्षेत्रमाहाल पाँच सिमेन्ट कम्पनीहरूले आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएका छन्। ति मध्ये केहि कम्पनीले प्रिमियम मुल्यमा आईपीओ ल्याउने तयारी गरेका छ।
आईपीओ निष्काशनको तयारीमा रहेका कम्पनीहरूमा मारुती सिमेन्ट, सौर्य सिमेन्ट इन्डष्ट्रिज, रिद्धि सिद्धि सिमेन्ट, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, र भूगर्भ सिमेन्ट रहेका छन्। मारुती सिमेन्टले कुल ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ। मारुती सिमेन्टले प्रिमियम मूल्य ३७७ रुपैयाँमा ल्याउने भएको छ।
त्यस्तै, सौर्य सिमेन्ट इन्डष्ट्रिजले पनि कुल ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५६५ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य २६४.५१ रुपैयाँ हुनेछ।
रिद्धि सिद्धि सिमेन्टले कुल २ अर्ब ६० करोड ५९ लाख १८ हजार १५० रुपैयाँ बराबरको १ करोड २१ लाख ७१ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य २१४.१ रुपैयाँ हुनेछ।
यसैगरी, पाल्पा सिमेन्ट इन्डष्ट्रिजले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनेछ।साथै, भूगर्भ सिमेन्टले १२ करोड ६२ लाख रुपैयाँ बराबरको १२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनेछ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया