प्रिमियममा आईपीओ ल्याउने दाउमा सिमेन्ट कम्पनीहरु, कसले कति जारी गर्ने ?



Advertisement
Ads

लगानीकर्ताहरू धेरै लामो समयदेखि आईपीओको पर्खाइमा छन्, तर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अझै स्वीकृति नदिएको कारण आईपीओ निष्काशनमा ढिलाइ भइरहेको छ।अहिले उत्पादन उद्योगका विभिन्न कम्पनीहरूको साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अनुमतिको प्रतीक्षा गरिरहेका छन्। उत्पादन क्षेत्रमाहाल पाँच सिमेन्ट कम्पनीहरूले आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएका छन्। ति मध्ये केहि कम्पनीले प्रिमियम मुल्यमा आईपीओ ल्याउने तयारी गरेका छ।


Advertisement

आईपीओ निष्काशनको तयारीमा रहेका कम्पनीहरूमा मारुती सिमेन्ट, सौर्य सिमेन्ट इन्डष्ट्रिज, रिद्धि सिद्धि सिमेन्ट, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, र भूगर्भ सिमेन्ट रहेका छन्। मारुती सिमेन्टले कुल ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ। मारुती सिमेन्टले प्रिमियम मूल्य ३७७ रुपैयाँमा ल्याउने भएको  छ।


Advertisement

त्यस्तै, सौर्य सिमेन्ट इन्डष्ट्रिजले पनि कुल ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५६५ रुपैयाँ बराबरको  १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य २६४.५१ रुपैयाँ हुनेछ।


Advertisement

रिद्धि सिद्धि सिमेन्टले कुल २ अर्ब ६० करोड ५९ लाख १८ हजार १५० रुपैयाँ बराबरको  १ करोड २१ लाख ७१ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य २१४.१ रुपैयाँ हुनेछ।

यसैगरी, पाल्पा सिमेन्ट इन्डष्ट्रिजले ७५  करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनेछ।साथै, भूगर्भ सिमेन्टले १२ करोड ६२ लाख रुपैयाँ बराबरको १२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनेछ।

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर