झापा-५ मा उम्मेदवारहरूको ‘पब्लिक डिबेट’: प्रश्न सोधौँ, एमाले रोजौँ भन्दै मैदानमा उत्रिए ओली!

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ६ गते
झापा-५ मा उम्मेदवारहरूको ‘पब्लिक डिबेट’: प्रश्न सोधौँ, एमाले रोजौँ भन्दै मैदानमा उत्रिए ओली!

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूबीच भएको सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्। हिजो आयोजित झापा–५ का उम्मेदवारबीचको पब्लिक डिबेट कार्यक्रममा सहभागी हुँदै उनले भने, “सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्ष हो।” ‘उम्मेदवारहरूले एउटै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको जवाफ दिनु नै लोकतन्त्रको पारदर्शिता हो,’ उनले उल्लेख गरे।

उनका अनुसार चुनाव भनेको नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो, त्यसैले उम्मेदवारले मतदाताबाट टाढा बस्नु, वास्तविक अनुहार लुकाउनु वा तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित पार्नु उपयुक्त होइन। उनले प्रश्नबाट भाग्ने वा आफूलाई राम्रो देखाउने प्रवृत्ति आफूहरूले अपनाएको छैन र ‘हामीले उठेका प्रश्नहरूको जवाफ दिँदै आलोचना र विरोध पनि सुन्दै आएका छौँ। कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ,’ बताए।

ओलिले पब्लिक डेबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार र उपस्थित नागरिकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गरे। उनले मतदातालाई सचेत रूपमा निर्णय लिन आग्रह गर्दै ‘प्रश्न सोधौँ, एमाले रोजौँ’ भन्ने सन्देश दिँदै आफू नागरिकको साथमै रहने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स