अगाडि र पछाडि पार्किङ सेन्सर भएको बीवाईडीको नयाँ मोडल ‘डल्फिन २०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

अगाडि र पछाडि पार्किङ सेन्सर भएको बीवाईडीको नयाँ मोडल ‘डल्फिन २०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

नेपाली बजारमा बीवाईडीको नयाँ मोडल ‘डल्फिन २०२५’ सार्वजनिक भएको छ। बीवाईडीका लागि नेपालका आधिकारिक वितरक साइमेक्स इंकले आइतबार आयोजित कार्यक्रममा यो गाडी सार्वजनिक गरेको हो।

कम्पनीले नयाँ मोडलमा उत्कृष्ट फिचरहरू राखिएको दाबी गर्दै, यसले चालकलाई नयाँ र सहज अनुभव दिने बताएको छ। साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार, नेपालमा बीवाईडीप्रति विश्वास बढिरहेको छ र आगामी दिनमा प्राविधिक सहयोगलाई अझ सहज बनाउन प्रयास गरिनेछ। कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाली बजारमा हालसम्म करिब २५ सय युनिट डल्फिन बिक्री भइसकेको जानकारी दिँदै उपभोक्ताहरू बीवाईडीप्रति खुसी रहेको बताइन्। साइमेक्सका सीईओ साहिल श्रेष्ठले पनि बीवाईडी डल्फिनले ग्राहकको विश्वास जितेको उल्लेख गर्दै, नयाँ मोडलले यात्रालाई अझ आरामदायी बनाउने बताए।

डल्फिन २०२५ मा ४४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन फोसफेट ब्याट्री जडान गरिएको छ, जसको जीवनकाल १५ वर्षसम्म रहेको कम्पनीले जनाएको छ। यस गाडीले एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटरको दूरी तय गर्न सक्ने दाबी गरिएको छ। ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटरले १८० एनएम टर्क उत्पादन गर्छ भने, १५० किलोवाट डीसी द्रुत चार्जिङ सुविधा पनि उपलब्ध छ।

साथै, ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर, १५.६ इन्च घुम्ने टचस्क्रिन, लेन किप असिस्ट र अनुकूल क्रूज कन्ट्रोल जस्ता उन्नत सुरक्षा र सुविधा यसमा समावेश छन्। डल्फिन २०२५ पूर्ण–विद्युतीय ह्याचब्याक सेग्मेन्टमा पर्ने गाडी हो जसले कम्प्याक्ट आकार, राम्रो दायरा र अत्याधुनिक प्रविधि सुविधाहरू प्रदान गर्दछ।

सार्वजनिक गाडीको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स