आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन ?
AdvertisementAds

आज भइरहेको ४१ पदको उपनिर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले केही गतिविधि निषेध गरेको छ।

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ। यदि यस प्रकारका गतिविधि गरेको भेटिएमा कारवाही गरिने स्पष्ट गरेको छ।

साथै, आयोगले मतदान केन्द्रमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पहिचान झल्किने एकरूप साङ्केतिक पोशाक वा अन्य चीजवस्तु लगाउन, बोक्न, वा प्रदर्शन गर्न नहुने जानकारी दिएको छ।

आयोगले मतदानको दिन पालना गर्नुपर्ने आचरण र निर्देशनहरूबारे सबै राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि, र मतदातालाई पुनः स्मरण गराएको छ।

आयोगकी सहसचिव तथा प्रवक्ता निता पोखरेलका अनुसार मतदाता र आयोगले अनुमति दिएका व्यक्तिहरूबाहेक अन्य कसैलाई पनि मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ।

त्यसैगरी, आयोगले मतदानका दिन आचारसंहिताविपरीत कुनै पनि कार्य भएमा मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्न निर्देशन दिएको छ। मतदान केन्द्रभित्र कुनै अवाञ्छित गतिविधि हुन नदिन सरोकारवालाहरूलाई आग्रह पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स