SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १६ गते
AdvertisementAds
सर्वसाधारणका लागि बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?
AdvertisementAds

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन भइसकेको छ।

कम्पनीलाई जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ हुन्छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ आवेदन अवधि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म रहनेछ।

AdvertisementAds

यस निष्काशनलाई केयर रेटिङ नेपालले CARENP-B (Single B Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स