बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीले ७५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्त खर्चमा कमी आउदा नाफामा सुधार देखिएको हो।
पहिलो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १८.३९ प्रतिशतले बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस अवधिमा कम्पनीले ९६ लाख ९२ हजार रुपैयाँबराबरको अन्य आम्दानी पनि आर्जन गरेको छ।यता, कम्पनीको कुल खर्च १ करोड ५४ लाख रुपैयाँबाट बढेर १ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने वित्त खर्च ३ करोड ७३ लाख रुपैयाँबाट घटेर २ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रशासनिक खर्च ३९ लाख ४६ हजारबाट बढेर ४८ लाख २७ हजार पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९ करोड ३५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३७.६५ रुपैयाँ र तरलता अनुपात ४६ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

















प्रतिकृया