भृकुटी स्टक ब्रोकिङ कम्पनी(ब्रोकर नं. ५५) ले सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ।
“सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यमहरूमा फैलिरहेका अप्रमाणित हल्ला वा भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण लगानीकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछौँ। साथै, हालसम्म नियामक निकायहरूबाट कारोबार रद्द सम्बन्धी कुनै पनि आधिकारिक सूचना वा निर्देशन हाम्रो कम्पनीलाई प्राप्त नभएको जानकारी गराउन चाहन्छौँ।” कम्पनीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा भनेको छ।
साथै, आज ब्रोकर नं. ५५ बाट नियमित रूपमा कारोबार भइरहेको थियो।




















प्रतिकृया