नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वावलम्बन लघुवित्त, र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

त्यस्तै, स्वावलम्बन लघुवित्तले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

साथै, गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।


प्रतिकृया