अर्बपति लगानीकर्ता वारेन बफेटले आज सोमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलर बराबरको सेयर पाँचवटा फाउन्डेसनलाई दान गर्ने भएका छन्। उनले यसको घोषणा शुक्रबार गरेका थिए।
सन् २००६ देखि हालसम्म बफेटले करिब ६० अर्ब डलर बराबरका सेयर विभिन्न फाउन्डेसनहरूलाई दान गरिसकेका छन्। यसपटक उनले प्रति सेयर ४८५.६८ डलर मूल्य पर्ने १२.४ मिलियन क्लास बी सेयर दान गरेका हुन्।
सबैभन्दा धेरै ९४ लाख सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन ट्रस्टलाई दिइएको छ। सुसान थम्पसन बफेट फाउन्डेशन, शेरवुड फाउन्डेशन, हावर्ड जी बफेट फाउन्डेशन र नोभो फाउन्डेसनले समान रूपमा ९,४३,३८४ सेयर प्राप्त गरेका छन्। बर्कशायर ह्याथवेको स्वामित्वमा गेसिको, डैरी क्विनजस्ता धेरै कम्पनीहरू छन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया