भुजुङ्ग हाइड्रोपावर लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबारबाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २७०.१० रुपैयाँमा भएको थियो।
यसअघि गत बिहिबार नेप्सेमा कम्पनीका १ करोड कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि ९० रुपैयाँदेखि २७०.१२ रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार २७०.१० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि घण्टामा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर २९७.१० पुगेको हो ।




















प्रतिकृया