भुजुङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) सीडीएससीमा दर्ता भइसकेको छ। फागुन २६ गते सिडीएससी, भुजुङ्ग हाइड्रोपावर लिमिटेड र कुमारी क्यापिटल (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ। त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।
त्यस्तै, पहिलो कारोबारका लागि भुजुङ्ग हाइड्रोपावरको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९० रुपैयाँ ०४ पैसा देखि अधिकतम २७० रुपैयाँ १२ पैसा सम्म तोकिने सम्भावना रहेको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया