बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १ गते
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत्र १ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा १० लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको छ।

आयोजनाबाट अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता, आयोजनाबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३ लाख १२ हजार कित्ता र आयोजनाबाट न्यून प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई २ लाख ८ हजार कित्ता सेयर बिक्री गरिएको छ।

यसमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदन दिने अवधि छिटोमा चैत्र १५ गतेसम्म रहेको छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीयले एनएमबि बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ४ हजार कित्ता सेयर छुट्याएको छ। यस समूहमा पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत्र ५ गतेसम्म मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स