बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड सम्पन्न

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड सम्पन्न

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओको बाँडफाँड आज आइतबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलमार्फत सम्पन्न गरेको छ।

कम्पनीले श्रम स्वीकृति प्राप्त गरी चैत्र १ देखि चैत्र ५ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता सेयर निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस निष्काशनमा ७९ हजार २ सय ५५ आवेदन परेका थिए, जसमा ७९ हजार २ सय ३२ आवेदन मात्र योग्य ठहरिएका छन्। मागभन्दा बढी आवेदन परेकाले सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। अन्तिम परिणाम अनुसार १० हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएको छ।

661552200 1251675793795660 2401581232499328781 n e1774766927553 https://bajarkochirfar.com/beni-hydropower-project-ipo-allotment-completed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स