बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २०८१ साल जेठ ६ गते १:१ को अनुपातमा हकप्रद निष्काशनको स्वीकृति दिएको हो।

यसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्नेछ।

यो निष्काशन अन्तर्गत कम्पनीले जम्मा ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर सार्वजनिक गर्नेछ, जसको कुल रकम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ हुनेछ।

यस हकप्रद सेयर निष्काशनको बिक्री व्यवस्थापनको जिम्मा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ।

Screenshot 2025 05 20 170005 https://bajarkochirfar.com/barun-hydropower-to-issue-100-percent-rights-shares-gets-approval-from-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स