व्यवसायीलाई समस्या पर्दा बैंकले सहजीकरण गर्नुपर्छ: गभर्नर अधिकारी



Advertisement
Ads

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र संवेदनशील रहेकाले सञ्चारमाध्यमले विषय उठान गर्दा सचेत रहनुपर्नेमा जोड दिएका छन्।


Advertisement

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा नेपाल बैंकर्स सङ्घका नवनिर्वाचित कार्यसमितिको स्वागत एवं सम्मानका लागि आयोजित कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको उल्लेख गर्दै सञ्चारमाध्यममा उठान हुने कतिपय नकारात्मक विषयका कारण बैंकिङ क्षेत्रलाई असर पर्ने धारणा राखे।


Advertisement

‘मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ, यद्यपि केही समस्या छन्, बैंकिङ क्षेत्र संवेदनशील भएकाले सञ्चारमाध्यममा आउने नकारात्मक टिप्पणीले ठूलो असर गर्छ’, उनले भने, ‘सञ्चारमाध्यमले कस्ता व्यक्तिको प्रतिक्रिया वा विश्लेषण लिने भन्नेले पनि अर्थ राख्छ।’

गभर्नर अधिकारीले अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि बैंकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले बैंकले ऋण प्रवाह र कर्जा असुलीमा मात्रै ध्यान नदिएर व्यवसायीका व्यावहारिक कठिनाइ बुझ्नुपर्ने बताए।

‘कुनै उद्यमीले व्यवसाय गरिरहँदा ठूलो मेहनत गरेको हुन्छ, उसको व्यवसाय कुनै कारण वा योजनाअनुरुप काम नहुँदा समस्यामा पर्न सक्छ, यस्तो अवस्थामा बैंकले सहजीकरण गरिदिनसक्नुपर्छ’, उनले भने, ‘व्यवसायीलाई कालोसूची पार्नेतर्फ नगइ प्राविधिक र वित्तीय रुपमा सहजीकरण गरिदिनसक्नुपर्छ।’

उनले बैंकले सहजीकरण मात्रै गरिदिँदा पनि व्यवसायीलाई सहयोग हुने भएकाले पलायन हुने अवस्था नआउने बताए। उनले कुनै व्यवसायी पलायन हुँदाको असर मुलुकलाई पर्ने भएकाले बैंकलाई सहजीकरण गर्न सुझाव दिए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर