नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असंचिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने अधिकार दिएको छ। बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका’मा नवौं संशोधन गर्दै यस्तो सेयर जारी गर्ने कानुनी ढोका खोलेको हो। नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस्तो सेयर जारी गर्न बोर्डमा आबेदन पेश गर्न सक्नेछन्।
यस प्रकारको सेयर रु. १०० अंकित मूल्यमा निष्काशन गर्नुपर्नेछ। तर, यो सेयर सर्वसाधारणका लागि खुला हुने छैन। बोर्डले यस्ता सेयर ५० जना भन्दा कम हुने गरी परिपत्र विधिबाट मात्र संस्थागत लगानीकर्तालाई निष्काशन गर्न सकिने व्यवस्था गरेको छ। सामूहिक लगानी कोष, धितोपत्र व्यवसायी (धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त), र सर्वसाधारण लगानीकर्ताले यसमा लगानी गर्न पाउने छैनन्।
सेयर निष्काशन गर्ने संस्थाले सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रको विशेषता, जोखिम, तथा सम्भावित नोक्सानीबारे स्पष्ट जानकारी दिने जोखिम उद्घोषण विवरण (Risk Disclosure Statement) अनिवार्य रूपमा प्रदान गर्नुपर्नेछ। साथै, लगानीकर्ताले उक्त विवरण पढेको र बुझेको भनी लिखित प्रमाण संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
लाभांश वितरणका सन्दर्भमा, यदि सम्बन्धित संस्था वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ र नियामक निकायबाट त्यसमा रोक लगाइएको छैन भने, यस्ता अग्राधिकार सेयरमा लाभांश नदिने निर्णय लिन नपाइने व्यवस्था गरिएको छ। सेयर निष्काशनका क्रममा लाभांश वितरण, जोखिम व्यवस्थापन, तथा सम्भावित नोक्सानीहरूबारे विवरणपत्रमा स्पष्ट र पारदर्शी विवरण उल्लेख गर्नुपर्नेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया