आज नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ बिन्दुमा पुगेको छ। सेयरबजारमा आज २१ अर्बभन्दा बढीको कारोबार भएको छ। आज २४० कम्पनीको शेयरमूल्य बढेको छ। धेरै कारोबार गर्ने १० कम्पनीमध्ये ५ वटा बैंकिङ कम्पनी रहेका छन्, जसले बैंकिङ समूहप्रति लगानीकर्ताको आकर्षण बढिरहेको देखाउँछ। विकास बैंक र वाणिज्य बैंक गरेर ५ कम्पनीको शेयर बढेको छ।
आज ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा सलापा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। यी कम्पनीको मूल्य १० प्रतिशतले बढेर उकालो लागेको छ। त्यस्तै, साञ्जेन जलविद्युत ८ प्रतिशतले बढ्दै ३३९ रुपैयाँ पुगेको छ भने अपर तामाकोशी ७.५३ प्रतिशतले बढेर ७औं स्थानमा रहेको छ।
बैंकिङ सेक्टरतर्फ एनआईसी एशिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक पनि सबैभन्दा बढ्ने १० कम्पनीमा परेका छन्। एनआईसी एशिया बैंक ६.०९ प्रतिशतले बढ्दै ३६६ रुपैयाँ पुगेको छ। सिटिजन्स बैंक ५.८३ प्रतिशतले बढ्दै २२७ रुपैयाँमा पुगेको छ भने माछापुच्छ्रे बैंक ५.५८ प्रतिशतले बढ्दै २६६ रुपैयाँ पुगेको छ।
समग्रमा आजको बजारले सकारात्मक माहोल कायम गरेको छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया