चुनाव नहुने जस्तो देखिएपछि बंगलादेशको सेयर बजारमा उच्च गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २ गते
चुनाव नहुने जस्तो देखिएपछि बंगलादेशको सेयर बजारमा उच्च गिरावट

तोकिएको समयमा चुनाव नहुने जस्तो माहोल बनेपछि बंगलादेशको सेयर बजारमा उच्च गिरावट आएको छ। विगत १० कारोबार दिनमा ढाका स्टक एक्चेन्ज ४०० अंक भन्दा धेरैले घटिसकेको छ। अक्टोबर ६ मा ५४८२ को बिन्दुसम्म पुगेको बजार यो समाचार तयार पार्दाको समयमा ५०४८ को बिन्दुमा आईपुगेको छ। एक हप्ताको अवधिमा बजार पूंजीकरण झन्डै १८००० करोड टाकाले घटेको छ।

सन् २०२१ मा ढाका स्टक एक्सचेन्ज (डिएसई) इन्डेक्स ७४०० को बिन्दुसम्म पुगेको थियो। मे २८ मा ४६०० आसपासको बिन्दुबाट बढ्न थालेको बजार सेप्टेम्बर ८ मा ५६७० को बिन्दुसम्म पनि पुगेको थियो। करिब ४ महिनाको अवधिमा बजार २३ प्रतिशतले बढेको थियो। नेपालमा जस्तै बंगलादेशमा पनि एउटै मात्रै स्टक एक्चेन्ज रहेको छ।

बंगलादेशको अन्तरिम सरकारका प्रमूख सल्लाहकार मोहम्मद युनुसले २०२६ को अप्रिलमा चुनाव गराउने घोषणा गरेका थिए। उनको यो घोषणापछि सेयर बजारमा उत्साह देखिएको थियो। तर राजनीतिक सहमतिको वातावरण बन्न नसकेको कारण लगानीकर्ताको मनोबल घटेको बंगलादेशका संचार माध्यमहरुले जनाएका छन्। तत्कालिन प्रधानमन्त्री शेख हसिनाको शासनकालमा जबरजस्ती बेपत्ता पार्ने र यातना दिने काम गरेको आरोपमा अन्तराष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) को आदेशमा १५ जना सैनिक अधिकारीहरु पक्राउ परेपछि सेनाभित्र दुई गुट बन्न जाँदा स्थिति अन्यौलपूर्ण बनेसंगै निर्धारित समयमा चुनाव नहुनसक्ने आशंकाहरु व्यक्त भईरहेका छन्।

२०२४ को जुलाईमा भएको आन्दोलनले २० वर्षदेखि सत्तामा रहँदै आएकी शेख हसिनालाई पदच्युत गर्यो। हसिना भागेर भारत पुगिन्। मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमूख सल्लाहकार बनाईयो।

२०२५ मे मा हसिनाको पार्टी आवमी लीगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगायो। यो पार्टीका शीर्ष नेताहरु पक्राउ परे पनि पार्टीले सडकमा र्याली जारी राखेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स