बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमतिअनुसार कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको पूँजीमध्ये कुल २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न पाएको हो। यसमध्ये दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन हुँदैछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन भदौ १५ गतेसम्म बन्द हुन सक्छ भने ढिलोमा भदौ २५ गते बन्द हुनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB (Issuer)’ रेटिङ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ। कम्पनीको आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ भने लगानी फिर्ता हुने अवधि करिब ८ देखि १० वर्षको रहेको छ।
आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड हो। आवेदन सि-आस्बा प्रणालीमार्फत वा मेरो शेयर अनलाइनमार्फत गर्न सकिनेछ।




















प्रतिकृया