रास्वपा वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ झापाबाट फर्किएपछि भोलि सुदूरपश्चिम जाने भएका छन्। उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम तय गरेका छन्।
चुनावको मनोनयनका लागि झापा पुगेका साहले त्यहाँ केही दिन बिताएका थिए र हिजो फर्किएका थिए।
सुदूरपश्चिमबाट बालेन निकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका छन्। यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै बालेन प्रचारका लागि सुदूरपश्चिम जाने तयारीमा छन्।
सुदूरपश्चिममा केही दिन बिताएपछि बालेन काठमाडौं फर्किनेछन् र त्यहाँ काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया