बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनसम्बन्धी प्रस्तावमा छलफल गर्न १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा आउँदो असोज २ गते, दिउँसो ३ बजे, बत्तिसपुतलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर वा डीडीए प्रक्रिया अगाडि बढाउने तथा यसका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि समावेश गरिएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया