SHAREHUBSHAREHUB

आयु इन्टरटेन्मेन्ट लिमिटेड (फिस्टेल ड्रिम पार्क) ले ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ७ गते
AdvertisementAds
आयु इन्टरटेन्मेन्ट लिमिटेड (फिस्टेल ड्रिम पार्क) ले ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
AdvertisementAds

आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आज मङ्सिर ०३ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्री कदम के.सी. ज्यू तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गरे ।

सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो । उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स