सुनसरी–मोरङ औद्योगिक करिडरको पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। ‘रमपम चाउचाउ’मार्फत आफ्नो छुट्टै ब्रान्ड स्थापित गरेको यस कम्पनीले मंगलबार हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सम्झौता गरेको हो।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, यो सम्झौताले एशियन थाई फुड्सको नयाँ व्यवसायिक यात्रा र कम्पनी विस्तारमा थप सहयोग पुर्याउनेछ।
सम्झौतामा एशियन थाई फुड्स तर्फबाट अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी सञ्चालक राधेश्याम शारडा, र सञ्चालक आशीष जाजुले हस्ताक्षर गरेका छन्। हिमालय सेक्युरिटिज बैंकर तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहक उपस्थित रहेका थिए।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर संस्था हो जसले मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
एशियन थाई फुड्सले एफएमसीजी उत्पादन अन्तर्गत चाउचाउ र स्न्याक्सका विभिन्न आइटम उत्पादन गर्दै आएको छ। यसको उत्पादन हाल ३० भन्दा बढी देशमा निर्यात हुन्छ। कम्पनीका प्रमुख प्रोडक्टमा रमपम, टू पिएम र प्रीति चाउचाउ रहेका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)
प्रतिकृया