आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने
अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
यसअघि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले तामाङमाथि अनुसन्धानका लागि पहिलोपटक पाँच दिनको म्याद दिएको थियो। उक्त म्याद सोमबार समाप्त भएपछि प्रहरीले उनलाई दोस्रोपटक म्याद थपका लागि प्रशासनमा पेस गरेको थियो।
प्रशासनले सोमबार पुनः पाँच दिनको म्याद थप गर्ने अनुमति दिएको छ।
तामाङलाई प्रहरीले माघ २ गते स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।