insta insta

पेट्रोलको मूल्य बढ्दा डिजेलको घट्यो, प्रतिलिटर कति पुग्यो ?

पेट्रोलको मूल्य बढ्दा डिजेलको घट्यो, प्रतिलिटर कति पुग्यो ?
Advertisement Ads

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी नयाँ मूल्य सूची नेपाल पठाएको छ। समायोजित सूचीअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य घटेको छ।

आईओसीले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै नयाँ सूची पठाउने गर्दछ। यही समायोजित मूल्यका आधारमा नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

यसैगरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४१ रुपैयाँ तोकिएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ निर्धारण गरिएको छ।

noc notice https://bajarkochirfar.com/as-the-price-of-petrol-increased-the-price-of-diesel-decreased-how-much-did-it-cost-per-liter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स