दिल्लीका पुजारीलाई मासिक १८ हजार भारु भत्ता दिने अरविन्द केजरीवालको घोषणा

दिल्लीका पुजारीलाई मासिक १८ हजार भारु भत्ता दिने अरविन्द केजरीवालको घोषणा

आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले ‘पुजारी ग्रन्थी सम्मान योजना’ घोषणा गरेका छन्, जसअन्तर्गत दिल्लीका मन्दिर र गुरुद्वारामा सेवा गर्ने पुजारी र ग्रन्थीलाई मासिक १८,००० भारु भत्ता उपलब्ध गराइनेछ।

घोषणाबारे जानकारी दिँदै केजरीवालले भने, “हामी मन्दिरमा जान्छौं, पूजा गर्छौं, तर सेवा गर्ने पुजारी र ग्रन्थीलाई कहिल्यै ध्यान दिएका थिएनौं। यस योजनामार्फत उनीहरूलाई सम्मान गर्न हामी प्रतिबद्ध छौं।”

उनले भारतीय जनता पार्टी र काङ्ग्रेस सरकारहरूलाई पनि यसबाट पाठ सिकेर आफ्ना राज्यमा पुजारीहरूको सम्मानका लागि यस्ता योजनाहरू लागू गर्न आग्रह गरे।

यो योजनाको दर्ता प्रक्रिया भोलिदेखि सुरु हुने जानकारी दिँदै केजरीवालले भने, “म भोलि कनॉट प्लेसको हनुमान मन्दिरमा जानेछु र त्यहाँका पुजारीहरूको नाम दर्ता गरेर कार्यक्रम प्रारम्भ गर्नेछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स