गरिमा समृद्धि म्युचुअल फण्डमा आवेदन खुला, पुष ११ गतेसम्म मौका गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड योजना, गरिमा समृद्धि योजना का लागि आज पुस ७ गतेदेखि आवेदन खुला भएको छ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। निष्कासन गरिएका इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकका लागि सुरक्षित गरिएको छ भने १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडका लागि छुट्याइएको छ।
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाई सम्म आवेदन दिन सक्नेछन् । यस योजनामा आज पुष ७ गतेदेखि पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ।
यदि यस अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन म्याद पुस २१ गतेसम्म थप हुनेछ । योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। यो बन्दमुखी योजना १० वर्ष अवधिको हुनेछ। आवेदनका लागि धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एप प्रयोग गर्न सकिनेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया