तनहुँको दमैलीमा सञ्चालित एपेक्स हस्पिटालिटीमा सारथी इक्विटी फण्डले ४० प्रतिशतको लगानी गरेको छ। यस लगानीसँगै, फण्डले नेपालको हस्पिटालिटी क्षेत्रमा पहिलो पटक कदम राखेको हो। यसअघि, सारथी इक्विटी फण्डले हाइड्रोपावर परियोजना भुजुङ हाइड्रो, पुवा खोला वान हाइड्रोपावर र पोखराको फिस्टेल ड्रिम पार्कमा लगानी गरेको थियो।
हाल एपेक्स हस्पिटालिटीको ६० करोड रुपैयाँ अधिकृत पुँजी रहेको छ र यसअन्तर्गत सिद्धार्थ होटेल दमौली र क्यूएफएक्स सिनेमा दमौली सञ्चालनमा रहेका छन्।जसमा सारथी इक्विटी फण्डले ४० प्रतिशत लगानी गरेको हो । एपेक्स हस्पिटालिटीले नेपाल धितोपत्र बोर्डमा २४ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) को आवेदन दिएको छ र हाल आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया