रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता लिन निर्देशन कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर अभियोग फिर्ता लिने निर्णय गरेको र त्यसको कार्यान्वयनका लागि जिल्ला अदालतमा निवेदन दायर गरिएको थियो। तर, अदालतले उक्त निवेदन अस्वीकार गरेको छ।
रुपन्देही जिल्ला अदालतका अनुसार सो विषयमा सर्वोच्च अदालतमा दायर रिट निवेदन विचाराधीन रहेको र त्यसको अन्तिम निर्णय नआउँदासम्म निवेदन कार्यान्वयन गर्न नमिल्ने आदेश जारी गरिएको हो।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार सहकारी ठगी सम्बन्धी अभियोग यथावत राख्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयले निवेदन दायर गरेको थियो। तर अदालतले यसलाई अस्वीकार गरेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया