धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक

May 19, 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ। जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम समावेश छ।

समितिले छनोटमा परेका उम्मेदवारहरूलाई २०८३ जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालय, सिंहदरवारमा छलफलका लागि बोलाएको छ। तोकिएको समय तालिका अनुसार दिउँसो १ बजेदेखि २:३० बजेसम्म प्रत्येक उम्मेदवारसँग छुट्टाछुट्टै छलफल गरिने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स