Investor MeetInvestor Meet

डाटा इन्जिनियरिङ र एआई/एमएल सिक्ने अवसर, दुई हप्ते निःशुल्क बुटक्याम्प सञ्चालन हुँदै

Nov 25, 2026

डिलाइटिका एआई (DLYTICA AI) ले Databricks Nepal Community को सहयोगमा निःशुल्क दुई हप्ता लामो ‘Databricks Technical Bootcamp 2026’ सञ्चालन गर्ने भएको छ। सूचना अनुसार यो बूटक्याम्प डाटा इन्जिनियरिङ विथ एआई र डाटा साइन्स विथ एआई/एमएल एजेन्ट तथा जेनेरेटिभ एआई विषयमा केन्द्रित रहनेछ। इच्छुक तथा योग्य उम्मेदवारले २०२६ नोभेम्बर २५ (25 November 2026) सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

उक्त तालिममा सहभागी हुनका लागि डाटा इन्जिनियरिङ वा डाटा साइन्स (एआई/एमएल ट्रयाक) मा ब्याचलर डिग्री हासिल गरेपछि न्यूनतम ३ वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ। यो कार्यक्रम २०२६ नोभेम्बर २८, २९ तथा डिसेम्बर ५ र ६ गते नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि ९:४५ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ। यस तालिमले Databricks Data Engineer Associate वा A/ML Associate प्रमाणीकरण तयारी ट्रयाकमा सहयोग पुर्‍याउनेछ।

तालिमसम्बन्धी थप विवरण र दर्ता प्रक्रियाका लागि आयोजकको आधिकारिक वेबसाइट (dlytica.com) मा जान सकिनेछ। तोकिएको योग्यता नपुगेका आवेदनहरू स्वतः अस्वीकृत हुने कम्पनीले स्पष्ट पारेको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स