Investor MeetInvestor Meet

हिमालयन बैंकले ३२ थान मेमोरी र ९ थान हार्ड ड्राइभ खरिद गर्ने

Nov 25, 2026

हिमालयन बैंक लिमिटेडले सर्भरका लागि ३२ थान मेमोरी र ९ थान हार्ड ड्राइभ आपूर्ति गर्नका लागि मूअकर (भ्याट) मा दर्ता भएका योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले दोस्रो पटक २०२६-११-२४ मा सूचना प्रकाशित गर्दै योग्य इच्छुक पक्षहरूलाई बोलपत्र पेश गर्न आग्रह गरेको सूचनामा उल्लेख छ।

इच्छुक बोलपत्रदाताले कम्पनीको लेटरहेडमा निवेदन पत्रसहित बैंकको जुनसुकै शाखामा रहेको आईडीटी खातामा फिर्ता नहुने गरी रु. ५,००० जम्मा गरी कमलादीस्थित कर्पोरेट कार्यालयको सामान्य प्रशासन विभागबाट बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्। सिलबन्दी बोलपत्र बुझाउने अन्तिम मिति २०२६-११-३० गते कार्यालय समयभित्र तोकिएको छ। बोलपत्रदाताहरूले प्राविधिक (Technical) र व्यावसायिक (Commercial) प्रस्तावहरू छुट्टाछुट्टै दुई वटा सिलबन्दी खाममा राखी ती दुवैलाई एउटै मुख्य सिलबन्दी खामभित्र राखी पेश गर्नुपर्नेछ। प्रस्तावहरू छुट्टाछुट्टै पेश नगरेमा अयोग्य ठहराइने बैंकले जनाएको छ।

बोलपत्र कागजातका साथमा बैंकको नाममा कम्तीमा ९० दिनको अवधि भएको ‘क’ वर्गको वाणिज्य बैंकबाट जारी गरिएको ५ प्रतिशत नगद वा सो बराबरको बिड बन्ड (Bid Bond) जमानत बापत पेश गर्नुपर्नेछ। बैंकले कुनै पनि कारण नजनाई बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स