नेप्सेमा एनएमवि बैंकको अविमोच्य असञ्चिति अग्रधिकार सेयर सूचीकृत

Jun 2, 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमवि बैंकको ‘एनएमवि अविमोच्य असञ्चिति अग्रधिकार शेयर-२०८१/८२-८.२५%’ (NMBPNP) सूचीकृत भएको छ। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल ३ करोड कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकरण गरिएको हो।

यो अग्रधिकार सेयरको दोस्रो बजार कारोबार २०८३ जेठ २० गतेबाट सुरु हुनेछ। तर, यो सेयरको खरिद-बिक्री संस्थागत लगानीकर्ताहरू बीच मात्र हुने व्यवस्था गरिएको छ। सर्वसाधारण र सामूहिक लगानी कोषले यसमा कारोबार गर्न पाउने छैनन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स