प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहको “७२ जिल्ला विदेशीलाई लिजमा दिनुपर्छ” भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ।
आइतबार संसदमा बजेटमाथि छलफलको क्रममा उनले बजेट वितरणमा अत्यधिक असमानता रहेको भन्दै चार–पाँच जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको टिप्पणी गरे। सोही सन्दर्भमा उनले बाँकी ७२ जिल्लालाई अमेरिका, चीन वा भारतलाई लिजमा दिनुपर्ने व्यंग्यात्मक अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, “बजेट पाएका चार–पाँच जिल्लाहरू नेपालमै राखौं, बाँकीलाई लिजमा दिऔं। बजेट नै नजाने भए ती जिल्ला राख्नुको अर्थ के? खाली कर उठाउन मात्र हो?”
तर, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सिंहको अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भन्दै आपत्ति जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहको उक्त भनाइ असंसदीय भएको भन्दै संघीय संसद् सचिवालयलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया