सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका छन्। थापाले २२ हजार ८३१ मत मात्र प्राप्त गरेका छन्।
यो जितसँगै सिंहले संसदीय चुनावमा जितको ‘ह्याट्रिक’ पूरा गरेका छन् भने थापाले आफ्नो राजनीतिक करियरमा पहिलो पटक हार व्यहोरेका छन्।




















प्रतिकृया