नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रूपमा काठमाडौं फर्किएका छन्। जनकपुर विमानस्थल हुँदै प्रस्थान गरेका प्रचण्ड तराई–मधेसमा जारी हुलाकी राजमार्ग आन्दोलन स्थगित गरेर काठमाडौं आएका हुन्।
रौतहटमा आयोजित अन्तिम कार्यक्रममा सहभागी भएपछि आन्दोलन रोकिएको घोषणा गर्दै उनी काठमाडौं फर्कने निर्णयमा पुगेका थिए। विशेष गरी काठमाडौंमा हालै राजावादी गतिविधि तीव्र बनेपछि उनले आफ्नो कार्यक्रम स्थगित गरेका हुन्।

















प्रतिकृया