नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी कांग्रेस नेतृत्वको सरकारले २०४६ सालयता भएका सबै भ्रष्टाचार काण्डहरूको छानबिन गरी दोषीलाई कारबाही गर्ने घोषणा गरेका छन्। बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार नियन्त्रणमा आफू निर्मम भएर लाग्ने बताएका हुन्।
थापाले भने, “विगतका घटनाहरू र भ्रष्टाचारका काण्डहरूले नागरिकमा निराशा छाएको छ। अब कांग्रेसले त्यो फोहोर सफा गर्नेछ। २०४६ सालपछि भएका हरेक काण्डको छानबिन गरिनेछ र त्यसमा संलग्न मेरो परिवारको सदस्य भए पनि एकजनालाई पनि बच्न दिइने छैन।”
उनी आगामी पाँच वर्षको कार्यकालमा कुनै नयाँ भ्रष्टाचार काण्ड हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे। “यो पाँच वर्षको कार्यकालमा नेपाली कांग्रेसको सरकारले एउटा पनि काण्ड गरेको भन्ने कुरा कुनै नागरिकले सुन्नु पर्दैन। हामी विगतका गल्तीबाट सिकेर अघि बढेका छौँ,” सभापति थापाले भने।
थापाले गठबन्धनको राजनीतिले राजनीति दूषित भएको स्वीकार्दै अब कांग्रेस एक्लै अघि बढेर फोहोर राजनीति सफा गर्ने बताए। उनले २०८२–२०८७ सालको पाँच वर्षलाई कामको वर्ष र नेपालको इतिहासको स्वर्णिम काल बनाउने आफ्नो सपना र संकल्प पनि प्रस्तुत गरे।
साथै, सामाजिक सञ्जालमा फैलिएको भ्रम चिरेर गाउँ–गाउँमा कांग्रेसको सन्देश पुर्याउन कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएको पनि उनले बताए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया