भ्रष्टाचारका सबै काण्डको छानबिन गर्नुपर्छ: गगन थापा



Advertisement
Ads

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर चर्चित सबै भ्रष्टाचार काण्डहरूको छानबिन हुनुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै थापाले भ्रष्टाचारकै कारण देशले प्रगति गर्न नसकेको उल्लेख गरे।

उनले जनताले सुनेका वाइडबडी, ललिता निवास, गिरिबन्धु, सिविरलगायतका सबै काण्डहरूको अनुसन्धान गर्न अख्तियार वा सर्वशक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिए। उनले भने, “भ्रष्टाचारका कारणले हामीले गति लिन सकेनौँ भन्ने जनताको गुनासो छ। आगामी तीन वर्षभित्र नेपाली समाजलाई भ्रष्टाचारका सन्दर्भमा अहिलेको अवस्थाबाट मुक्त गर्नुपर्नेछ। अनियमिततामा दोषी ठहर भएकाहरूलाई शक्तिशाली भनेर छोड्न हुँदैन।”


Advertisement

महामन्त्री थापाले भ्रष्टाचारमा संलग्न सार्वजनिक ओहोदाका व्यक्तिहरूलाई नेपाली समाजले नछोड्ने सन्देश दिनुपर्ने बताए। उनले सबै काण्डहरूको सूची तयार गरी अनुसन्धान थाल्न र जनतालाई भरोसा दिलाउन सरकारलाई आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर