गोल्याण ग्रुपको अध्यक्षमा अक्षय गोल्याण चयन
गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन्। ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका अक्षयले ६ दशक लामो ग्रुपलाई नेतृत्व गर्नेछन्। वार्षिक उत्सवमा जारी प्रेस विज्ञप्तिअनुसार उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा औपचारिक रूपमा घोषणा गरे।
विश्वका उत्कृष्ट १० भित्र पर्ने स्पेनको ESADE विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अक्षयले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरूलाई समेत प्रत्यक्ष नेतृत्व दिँदै आएका छन्। ६ दशकको इतिहास बोकेको ग्रुपले उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटीमा बलियो उपस्थिति बनाएको छ।
अक्षयले ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित गर्दै नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित रहने बताए। संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’को उपाधि दिइएको छ।





