शिक्षामन्त्री पन्तको आह्वानपछि वार्तामा पुगे आन्दोलनरत शिक्षक

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
शिक्षामन्त्री पन्तको आह्वानपछि वार्तामा पुगे आन्दोलनरत शिक्षक
AdvertisementAds

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको पहलपछि लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ वार्ताका लागि शिक्षा मन्त्रालय पुगेको छ।

नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक संघ र नेपाल प्रगतिशील शिक्षक संघका पदाधिकारीसहित २५ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार मन्त्रालय मन्त्रालय पुगेका हुन्।

पदभार ग्रहण गरेको भोलिपल्टै मन्त्री पन्तले सरकारका तर्फबाट औपचारिक पत्राचारमार्फत शिक्षक प्रतिनिधिहरूलाई वार्ताका लागि बोलाएका थिए। उनले समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक भएको भन्दै वार्ताबाट व्यवहारिक निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत चैत २० गतेदेखि विभिन्न मागसहित आन्दोलनमा रहेका शिक्षकहरू वार्ताको माध्यमबाट समाधानको मार्ग खुल्ने आशामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स