लेखा समिति सभापतिकी श्रीमतीको हाजिरीपछि थुनछेक प्रक्रिया अघि बढ्दै



Advertisement
Ads

प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी छन्। उनी उमागौरी कृषि सहकारीको रकम अपचलन मुद्दामा फरार रहेको अवस्थामा अदालतमा उपस्थित भएकी हुन्।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उक्त सहकारीको रकम अपचलनमा नाम जोडिएपछि अदालतले पुस २ मा कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी फरार थिइन्। कोइरालाको हाजिरीसँगै थुनछेक बहसको तयारी भइरहेको छ।


Advertisement

उक्त सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ। कोइरालाको हाजिरीले अब कानुनी प्रक्रिया अघि बढ्ने छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर