आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ मा बन्द भएको छ। १३ उपसमूहमध्ये ४ उपसमूह बाहेक सबै घटेका छन्। आज कुल २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३१३ कम्पनीका ५५ लाख ९६ हजार सेयर कारोबार हुँदा नेपाल री इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से ५.१९ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से ५.१९ बढ्दा ९८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर, नेपाल रीइन्स्योरेन्स, महिला लघुवित्त र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन्।

नेप्से ५.१९ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनी: आज नेप्से ५.१९ बढ्दा १४६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घट्ने कम्पनीहरुक्रमशः तारागाउँ रेजेन्सी होटल, भगवती हाइड्रोपावर, एशियन हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, र आत्मनिर्भर लघुवित्त रहेका छन्।


प्रतिकृया