देउवापछि ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री

देउवापछि ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
AdvertisementAds

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।शुक्रबार खरेल ओलीको भक्तपुरस्थित गुण्डु निवास पुगेर भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक अवस्था तथा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

भेटका क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको प्रधानमन्त्रीसहित तीन प्रमुख दलका शीर्ष नेताबीच हुने वार्ताका लागि अध्यक्ष ओलीलाई निम्तो पनि दिएका छन्।यसअघि आजै खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने ओलीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स