बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सर्ने भएको छ । राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि दुवै विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने जनाएको छ ।
उक्त विभाग थापाथलीस्थित राष्ट्र बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएका पुस १ गतेदेखि उक्त विभागहरूबाट प्रदान हुने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । २०७२ सालको भूकम्पले भत्काएको थापाथलीस्थित सिंह महल ध्वस्त भएपछि ती विभाग बैंकको केन्द्रीय कार्यालय भवन बालुवाटारमा सारिएको थियो ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया