लगातार ३ दिनको गिरावटपछि सेयरबजारमा चमक, नेप्से उच्च अंकले लाग्यो उकालो
आज नेप्से परिसूचक २६.५३ अङ्कले बढेर २६२२.२८ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ बाहेक बाकी बढेका छन् । आज ७ अर्ब १२ करोड कारोबार भएको छ। यस दिन ३२८ कम्पनीका १ करोड ६६ लाख हजार सेयर कारोबार हुँदा सहास उर्जाको सर्वाधिक कारोबार भएको छ।
नेप्से २६.५३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २६.५३ अङ्कले बढ्दा १८५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, ग्रीन भेन्चर्स, त्रिशुली जलविद्युत, र विन नेपाल लघुवित्त रहेको छ।
नेप्से २६.५३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २६.५३ अङ्कले बढ्दा १५५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: जोशी हाइड्रोपावर, युनिलिभर नेपाल, पन्चकन्या माइ हाइड्रोपावर, पियोर इनर्जी, र बुटवल पावर रहेको छ।