SHAREHUBSHAREHUB

अडानी समूह नेपालको जलविद्युत् क्षेत्रमा प्रवेश गर्दै, चौधरी ग्रुपसँग साझेदारी गर्ने

AdvertisementAds
अडानी समूह नेपालको जलविद्युत् क्षेत्रमा प्रवेश गर्दै, चौधरी ग्रुपसँग साझेदारी गर्ने
AdvertisementAds

भारतका अर्बपति गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने भएको छ। अडानी समूहले १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि चौधरी समूहको सीजी इनर्गो प्रालिसँग साझेदारी गर्ने भएको छ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको यस आयोजनामा पहिलो चरणमा ५१ प्रतिशत सेयर स्वामित्वका लागि आवेदन मागिएको थियो। विगत लामो समयदेखि नेपाली जल विद्युतमा लगानी गर्न खोजेका अडानीले यो परियोजनामा साझेदारी गर्ने भएपछि चौधरी समूहले आवेदन दिएको चौधरी समूहका उच्च अधिकारीले जानकारी दिए।

चार खर्ब ६० अर्ब रुपैयाँको लगानी अनुमान गरिएको यो परियोजनामा सीजी इनर्गोले ५१ प्रतिशत लगानी गर्नेछ भने बाँकी हिस्सा अन्य स्रोतबाट व्यवस्थापन गरिनेछ।
कर्णाली नदीको माथिल्लो भागमा निर्माण हुने यो आयोजना कालिकोट, मुगु, हुम्ला र जुम्ला जिल्लामा फैलिनेछ। आयोजनाको बाँध करिब २५० मिटर उचाइको हुनेछ। यो आयोजनाले वार्षिक ६,२९१ गिगावाट आवर बिजुली उत्पादन गर्न सक्ने अनुमान गरिएको छ। यसअघि, अडानी समूहले नेपालमा अन्य परियोजनाहरुमा लगानी गर्ने चासो देखाएको भए पनि औपचारिकता पाउन सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स