अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनलाई खुलेर समर्थन गरेपछि आफूलाई धम्की आउन थालेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गिरीले केही दिनयता इनबक्स र फोनमार्फत धम्की सन्देशहरू आइरहेको बताएका हुन्। उनले आफूलाई “जेनजीलाई उकासेको” आरोप लगाइएको उल्लेख गरेका छन्। उनले घुमाउरो शैलीमा ठूला दलका कार्यकर्ताबाट धम्की आइरहेको संकेत गरे।
गिरीले २०४६ सालको जनआन्दोलनको प्रसंग स्मरण गर्दै त्यतिबेला पनि ठूला दलसँगै आन्दोलनमा सहभागी भएको बताए। अहिले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा पनि आफू दृढ रूपमा समर्थनमा रहेको उनले स्पष्ट पारे।
“अघिल्ला आन्दोलनमा पनि सबै दोषी मात्र दण्डित भएनन्, केही निर्दोषहरू पनि भिक्टिम भएका थिए। यदि तपाईंहरूले धम्की दिएजस्तै भयो भने म पनि त्यही सूचीमा थपिनेछु भन्ने चित्त बुझाउनु बाहेक मेरो अर्को विकल्प छैन,” गिरीले लेखेका छन्।
त्यसैगरी उनले सबैलाई आत्मचिन्तन गरेर क्रान्ति, प्रतिक्रान्ति र बदलाका बहसभन्दा देश निर्माणतर्फ एकजुट हुन आग्रह गरेका छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया